हेलम्बु । खानेपानी मन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका– १ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा बिहीबार क्षमा पूजा गरेका छन् ।
उनले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गरेका हुन् । सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पु¥याएको थियो । मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन ।
बिहीबार मेलम्ची खानेपानीको बाढीले क्षति पुर्याएकोअम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर मन्त्री चौधरीले खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गरे । सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं लैजाने लक्ष्य लिएको छ । मन्त्री चौधरीले समयसमयमा यस आयोजनास्थलको अनुगमन गर्दै आइरहेका छन् ।
उनले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौंमा पानी पुर्याउने गरी काम गर्न निर्देशन दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ