चौतारा । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धन दलहरुले आगामी चुनावमा तालमेल गरेर अघि बढ्ने केन्द्रीय स्तरमा समझदारी गरेलगत्तै सिन्धुपाल्चोकमा प्ररम्भीक चरणको बैठक बसेको छ ।
जिल्लामा सत्ता गठबन्धन गरेका मूख्य तीन नेताहरुको बैठक शनिबार सम्पन्न भएको छ । माओवादी केन्द्र जिल्ला अध्यक्ष गोविन्द पराजुली, नेकपा समाजवादीका अध्यक्ष नवराज पौडेल, नेपाली कांग्रेस जिल्ला सभापति जंगबहादुर लामाबीच भएको छलफल भएको हो । आगामी बैशाख ३० को निर्वाचन केन्द्रीत कार्यक्रम निर्माणबारे छलफल गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोविन्द पराजुलीले बताए ।
बैठकले गठबन्धनमा रहेका मूख्य तिन दलका जिल्ला नेतृत्व र शीर्ष तहका नेताबीच केहि दिनमानै बैठक बसी महत्वपूर्ण निर्णयहरु गर्ने पराजुलीले बताए । सिन्धुपाल्चोकमा गठबन्धन दलहरुको सद्भावपूर्ण भाइचारा सम्बन्धलाई निरन्तरता दिँदै आएका छन् । जिल्लाको राजनितिक संस्कार र संस्कृतिलाई सभ्य र स्वच्छ बनाई मित्रवत प्रतिस्पर्धालाई निरन्तरता स्वरुप पछिल्लो समय नेतृत्वबीच छलफल हुँदै आएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ