चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट नगर प्रमुखको लागि ५ जनाले दावि प्रस्तुत गरेका छन् ।
शुक्रबार बसेको निर्वाचन परिचालन कमाण्ड बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटा, जिल्ला संयोजक गोविन्द पराजुली, हालका नगर प्रमुख अमानसिं तामाङ, हालका उपप्रमुख जानुका पराजुली र युवा नेता श्यामसुन्दर श्रेष्ठले नगर प्रमुखमा दावी गरेका हुन् ।
नगरप्रमुखको लागि ५ जनाले दावी प्रस्तुत गरेको भएपनि सो संख्याबाट घटाएर ३ जनाको मात्रै नाम प्रदेशमा सिफारिस गर्ने माओवादीको तयारी छ । जसको लागि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य माधव सापकोटा र युवराज दुलाललाई जिम्मा दिईएको छ । उनीहरुले आउँदो बैशाख ५ गते सम्ममा प्रदेश कमिटिलाई ३ जना नगर प्रमुखको नाम सिफारिस गर्ने छन् ।
त्यस्तै उपप्रमुखमा १ जनाको मात्रै दावि परेको छ । नगर कमिटि कोषाध्यक्ष अस्मिता विकले उपप्रमुखमा आफ्नो दावी प्रस्तुत गरेकी हुन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ