चौतारा । सिन्धुपाल्चोक जिल्लामा सत्ता गठबन्धन गरेका दलहरुले वैशाख ४ गते अन्मि निर्णग गर्ने जनाएका छन् ।
शुक्रबार बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (समाजवादी) को प्रमुखसहितको गठबन्धनको बैठकले वैशाख ४ गते स्थानीय तह निर्वाचनका लागि स्थानीय तहको संख्या बाँडफाँड गर्ने निर्णय गरेको हो । बैठकमा नेपाली कांग्रेस जिल्ला सभापति जंगबहादुर लामा, माओवादी केन्द्र जिल्ला अध्यक्ष गोविन्द पराजुली, नेकपा समाजवादीका अध्यक्ष नवराज पौडेल सहभागि थिए ।
छलफलमा बराबरी सिद्धान्तको आधारमा भागबण्डा गर्ने आन्तरिक गृहकार्य पूरा गरी शीर्ष नेता सम्मिलित बैठकबाट अन्तिम निर्णय गर्ने सहमति गरिएको छ । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक जिल्ला अध्यक्ष गोविन्द पराजुलीका अनुसार गठबन्धनको केन्द्रले गरेको सर्कुलरको मर्म अनुसार जिल्लामा गठबन्धनलाई सशक्त बनाउन जुट्ने निर्णय गरिएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ