चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिएका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका तामाङले विहीबार राजीनामा दिएका हुन् । उनले पदबाट राजीनामा दिएसँगै आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बाटो खुलेको छ । उनले यो पटक पनि नगरप्रमुखको दावी गरिरहेका छन् ।
स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने प्रावधान अनुसार आफूले राजीनामा दिएको तामाङले बताए । उनले यस अघि नगरपालिकाको तर्फबाट प्रयोग गर्दै आएको सवारीसाधन, सञ्चारसाधन र आवाससमेत समेत फिर्ता गरेका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ