बलेफी । निर्वाचन आचारसंहिताको परिच्छेद ४(१२)घ मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने’ उल्लेख गरिएको छ ।
नेपाली काँग्रेसबाट बलेफी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका सुवास तिमल्सिनाले घरदैलो कार्यक्रममा जाँदा आफ्नो फोटोसहित आफूलाई विजयी गराउन भनिएको टिसर्ट कार्यकर्तालाई वितरण गरेका छन् । बलेफी काँग्रेसले चुनावी प्रचार प्रसारमा जाँदा निर्वाचन आचारसंहितालाई बेवास्ता गरी उम्मेद्वारको फोटोअंकित टिसर्ट कार्यकर्तालाई वितरण गरेको हो ।
निर्वाचन आयोगको स्पष्ट आचारसंहितामा उम्मेदवारको चित्र भएको कुनै पनि सामाग्री ननिकाल्न भनिएको छ । तर,बलेफी काँग्रेसले निर्वाचन आयोगलाई बेवास्ता गरी मनोमानी गरेको गरेको स्थानीयले बताएका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ