चौतारा । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी छनौटमै रस्साकस्सी भएको थियो । दलले उम्मेदवार नबनाएको भन्दै धेरैले बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी समेत दर्ता गराए ।
तर, सिन्धुपाल्चोकको विभिन्न पालिकाका ४ दलित महिला उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले वेवसाइटमा राखेको विवरण अनुसार मेलम्ची नगरपालिका–४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेद्वार बनेकी ४२ बर्षीया बेली परियार निर्विरोध भएकी छन् । यस्तै इन्द्रावती गाउँपालिका– ११ मा एमालेकै तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी ४६ बर्षीया गीता सोनाम निर्विरोध भएकी छन् ।
लिसंखुपाखर गाउँपालिका– ५ कि ३८ बर्षीया सुनिता सुनार पनि निर्विरोध निर्वाचित भएकी छन् । उनी कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवार थिइन् । त्यस्तै हेलम्बु गाउँपालिका– ५ मा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेद्वार बनेकी ४६ बर्षीया सन्तमाया सुनार निर्विरोध भएकी छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ