चौतारा । दोस्रो स्थानीय तह निर्वाचनमा पार्टी भित्रैबाट बेईमानी गरी आफूलाई हराएको आरोप लगाउँदै बाह्रविसे नगरपालिका प्रमुखको उम्मेद्वार निमफुञ्जो शेर्पाले नेकपा एमाले बागमती प्रदेश कमिटिबाट राजीनामा दिएका छन् ।
शेर्पाले बुधबार विहान प्रेस विज्ञप्ती जारी गर्दै ‘हामीले हार्न सकिने कुनै कारण थिएन । बरु पार्टी भित्रैका साथीहरुले गरेको बेईमानी र असयोगका कारण परिणाम भिन्न आएको’ बताए । जसको उनले तथ्य समेत पेश गरेका छन् । ‘वडा नम्बर ९ राम्चेमा प्रदेश कमिटिमा ५ जना नेताहरु छन् । त्यस्तै जिल्ला कमिटिमा ४ जना साथीहरु छन् भने नगर कमिटिमा सचिव नै हुनुहुन्छ । तर यति धेरै नेताहरुको यो पंक्तिले आवश्यक परेको बेलामा खासै काम केही पनि नगर्दाे रहेछ भन्ने मेरो बुझाई छ । मलाई हराउन राम्चेमै १ सय ६३ मत मलाई मात्र नहालेको देखियो । यसले पनि के पुष्टी गर्छ भने केन्द्रीय लगाएत प्रदेश तथा जिल्ला नेताहरुले केही गर्न सक्नु हँुदो रैनछ भन्ने मेरो ठम्याई हो’, उनले विज्ञप्तीमा लेखेका छन् ।
जिल्ला इन्चार्ज तथा अध्यक्ष लगाएत जिल्लाका नेताहरुको समेत भूमिका विहिन गतिविधिले हार बेहोर्नु परेको उल्लेख गर्दै शेर्पाले विज्ञप्तीमा लेखेका छन्– ‘म पार्टीको प्रदेश कमिटिमा रहेको पनि निकै समय भयो तर यो कार्यकारी होईन रहेछ । पार्टीको काममा यिनीहरुको भूमिका नहुँदो रहेछ । यो अर्थमा मैले राजीनामा दिएको हुँ । जे गर्दा पनि हुने यस्तो कमिटिमा बस्नु औचित्य नभएको हुनाले मैले आजकै मितिबाट बागमति प्रदेश कमिटिबाट राजीनामा दिएको घोषणा गर्दछु ।’
हेर्नुस् शेर्पाले सामाजिक सञ्जालबाट जारी गरेको विज्ञप्तीः
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ