बराम्ची । नेपाली काँग्रेस जुगल गाउँपालिका सभापति सगुन श्रेष्ठले पालिका भित्रका ७ ओटै वडाको ३/३ जना आर्थिक अभावमा पढ्न नसक्नेहरुलाई निःशुल्क पढाउने घोषणा गरेका छन् ।
आर्थिक अभावमा पढ्न नसक्नेहरुलाई १ कक्षा देखि १२ कक्षासम्म पढाई दिने श्रेष्ठले बताएका हुन् । आमा बुबा नभएका गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई जुगल गाउँपालिका भित्रकै विद्यालयमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाईने सभापति श्रेष्ठले बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ