चौतारा । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । जसमध्ये सिन्धुपाल्चोकबाट ८ जना केन्द्रिय सदस्य र ३ वैकल्पिक सदस्य बनेका छन् ।
पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् । सिन्धुपाल्चोकका ८ जना केन्द्रिय सदस्यमा केशव नेपाल, कृष्णप्रसाद सापकोटा, माधव सापकोटा, युवराज दुलाल, रामप्रसाद सापकोटा, अमृता नेपाल, लारक्याल लामा र विष्णुप्रसाद सापकोटा छन् । अमानसिं तामाङ, चन्द्र बहादुर थापा र भोला सापकोटालाई भने वैकल्पिक केन्द्रीय सदस्य बनाईएको छ ।
केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् । यसअघि माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि संख्या थपिएको थियो । माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरुको नाम पनि टुंग्याएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ