काठमाण्डौ । पछिल्लो समय नेपाली चलचित्र, सिरियल, गीत संगीतले राम्रो बजार पाइरहेका छन् । बजारमा नेपाली टेली सिरियलले पनि मिलियन भ्यूज बटुल्न थालेका छन् ।
यसको मूख्य तथ्य नै भीडियोमा प्रस्तुत गरिने विषयबस्तु नै हो जसले समाजको ऐनाको रुपमा काम गर्दछ । धेरै टेलिसिरियल राष्ट्रिय मिडियाहरुबाट प्रसारण हुन्छन् भने केही स्थानीयस्तरबाट नै प्रसारण हुने गर्दछन् । यस्तै एउटा टेलिसिरियल (सिरिज) हो ‘साने’ । जसले धेरै दर्शकको मन जित्न सफल भएको छ । यो सिरिजका लेखक तथा निर्देशक हुन् सुरज घिमिरे ।
उनले अहिलेसम्म म्युजिक भिडियो, टिभी सिरियल, शर्ट मुभी जस्ता थुप्रै चलचित्र छायांकन, सम्पादन, निर्देशन गर्दै आएका छन् । पछिल्लो समयमा भने आफ्नै लेखन निर्देशनमा सामाजिक सन्देशमूलक ‘साने’ नामक सिरिज बनाई रहेका छन् । उक्त सिरिजको ५२औं आध्याय पुगेको अवसरमा ‘साने’ टिम सबै मिलेर सेलिब्रेशन मनाएका छन् ।
साने सेरिजमा सुरज घिमिरेको लेखन, निर्देशन, सम्पादन रहेको छ भने स्वयम् सुरज घिमिरेको अभिनय पनि हेर्न सकिन्छ । उक्त साने सेरिजमा कलाकारहरु सुरज घिमिरे, धुर्ब पौडेल, शेस्कान्त ढकाल, कमला गैरे, गोपाल खनाल, अर्मन शाही, बिपना पन्थ, भावना लम्साल, सम्झना ढकाल र अन्जु रसायाली उक्त कार्यक्रममा समाबेस थिए । गौरीसा नेपाली आफ्नो समय प्रितिकुलका कारण उपस्थित हुन पईनन । उक्त कर्यक्रम उनी स्वयम् आफैं र उनको साथी धुर्ब पौडेलले सञ्चालन गरेको गण्डकी फिल्म्स नेपालमा आयोजना गरिएको थियो ।
यो सिरिजमा समाजमा हुने अत्याचार, अन्याय, शोषक, धनी गरिबबीच भेदभाव, रुढीबादी परम्परा, कालो पर्दाले ढाकिएको हाम्रो समाजमा घटेरहेको सम्पुर्ण घटनालाई समेटेर एउटा सन्देश दिइएको छ । यस कारण पनि ‘साने’ सीरिज पछिल्लो समय अझै लोकप्रिय बन्दै गएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ