चौतारा । कुटपिट र अंगभंग मुद्दामा २ वर्ष सजाँय सुनाईएका चौतारा साँगाचोकगढी नगरपालिका– १ का गेदबहादुर कार्कीलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
कार्कीलाई सिन्धुपाल्चोक जिल्ला अदालतको २०६३ मंसिर २६ गतेको फैसलाले कैद २ वर्ष सजाँय तोकेको थियो । तर सजाँय भुक्तान नगरी फरार रहेका उनलाई शनिबार भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीलाई आईतबार सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतले लागेको कैद सजाँय असुलका लागि जिल्ला कारागार चौतारा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ