नेपालमा कुपोषण जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। वाबालिकामात्र नभएर किशोरीहरु, गर्भवतीहरु र बच्चा जन्मई सकेका महिलाहरुको पोषण स्थितत पनि सन्तोषजनक भने छैन । कुपोषित आमाबाट जन्मेका शिशुहरु पनि प्रायः कुपोषितनै भएर जन्मन्छन् जसले गर्दा त्यस्ता शिशुहरुलाई जीवन भर नै असर पर्न सक्छ । तसर्थ स्वास्थ्य बच्चा जन्माउन आमा स्वास्थ्य रहन गर्भवति अवस्थामा नै आमाले आफ्नो खानपान र स्वास्थ्यको हेरचाहमा बिशेष ध्यान दिनु पर्दछ ।
आमाको गर्भमा रहदा शिशुलाई चाहिने सम्पूर्ण आहांर आमाबाटनै पाउने गर्दछ । जन्मेपछि पनि शिशुले सर्वप्रथम आमाको दुध खान्छ र ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाए पुग्छ, अरु कुनै चिजको आवस्यकता पर्दैन । शिशु जन्मे पछि स्वास्थ्य र निरोगी भई बढ्न र हुर्कनको लागि आमाको दुध नै सर्बोत्कृष्ट आहार हो । त्यसैले सन् १९९२ देखि नेपाल सहित विश्वभर हरेक वर्ष अगष्ट महिनाको पहिलो साता अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउने गरिन्छ र सप्ताह उपलक्ष्यमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेका छन् ।
नेपालमा पनि आमा र बच्चाको स्वास्थ्य प्रवर्द्धनका लागि स्तनपानको अपरिहार्य महत्व छ भनि बुझाउन राष्ट्रिय रुपमा नै जनचेतनामूलक कार्यक्रमहरु भईरहेका छन् । नेपाल जनसाङख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या ६६ प्रतिशतमात्र र शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ मात्र प्रतिशत रहेको छ। त्यसैगरी, शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ८९ प्रतिशत रहेको छ । नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन सकेमा प्रत्येक वर्ष विश्वमा ८ लाख २३ हजार बच्चाको जीवन जोगाउन सकिने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको छ ।
स्तनपानका फाईदाहरु
बच्चालाई हुने फाइदाहरुः
आमालाई हुने फाइदाहरुः
समाजलाई हुने फाइदाहरुः
आमा कोभिड १९ बाट संक्रमित भए स्तनपान गराउने कि नगराउने ?
आमालाई कोरोना भाइरस संक्रमण भएको वा शंका लागेमा आफ्नो सन्तानलाई स्तनपान गराउने कि नगराउने भन्ने द्विविधा हुन सक्छ । यसका लागि विश्व स्वास्थ्य संगठन र युनिसेफ दुबैले नियमित स्तनपान गराउन सल्लाह दिएका छन् तर संक्रमण सर्नबाट निम्न जनस्वास्थ्यका सावधानीका उपायहरु भने अपनाउनु जरुरी छ ।
आमाको पहिलो बाक्लो र पहेँलो बिगौती दूध नवजात शिशुका लागि अमृत सरह मानिन्छ । आमाको दूधमा प्रचुर मात्रामा भिटामिन ‘ए’ हुने र रोग प्रतिरोधात्मक तत्व हुने हुँदा बच्चालाई शक्ति प्रदान गर्नुका साथै श्वासप्रश्वाससम्बन्धी समस्या र झाडापखालाबाट बचाउँछ । बच्चालाई ६ महिनाको अवधिसम्म आमाको दूधमात्रले पनि आवश्यक सम्पूर्ण पोषण पुग्छ र अन्य कुनै खानेकुरा चाहिँदैन । त्यसैकारण पनि भनिन्छ, आमाको दूध नवजात शिशुका लागि अमृत समान छ ।स्तनपानका सम्बन्धमा तीन ‘E’ को सुत्र एकदमै महत्वपूर्ण मानिन्छ ।
पहिलो ‘E’ अथवा “Early initiation of breast feeding” भन्नाले जन्मेको १ घण्टाभित्र स्तनपान गराउने, दोस्रो ‘E’ अथवा “Exclusive breast feeding” को अर्थ पूर्ण स्तनपान वा बच्चालाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउने र तेस्रो ‘E’ अथवा “Extended breast feeding” भन्नाले बच्चा जन्मेको करिब २ वर्षसम्म थप आहारका साथै स्तनपान पनि निरन्तर गराइराख्ने भन्ने बुझिन्छ । यसरी स्तनपानसम्बन्धी माथि उल्लेखित ३ वटा सूत्रहरुको पालना गर्न सकिएमा आमाको र बच्चाको स्वास्थ्यमा उल्लेखनीय सुधार आउने अध्ययनहरुले देखाएको छ ।
स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षकको काम गर्दछ । नवजात शिशुले आमाको दूधबाट नै रोगसँग लड्न सक्ने शक्ति प्राप्त गर्दछन् । आमाको दूधले नै बच्चालाई स्वास्थ्य र तन्दुरुस्त पार्ने गर्दछ । आमाको दूधमा शिशुलाई पुग्ने पानीको मात्रा र सबै पौष्टिक आहार पाइन्छ । आमाले शिशुको मागअनुसार कम्तिमा एकदिनमा १० देखि १२ पटक स्तनपान गराउनुपर्छ । दिउँसो कम्तिमा ७ देखि ८ पटक र रातीमा ३ देखि ४ पटक स्तनपान गराउनु पर्दछ । स्तनपान गराउँदा सही आसनको जरुरी हुनुका साथै आमा र बच्चाबीच ममतामयी आर्कषण हुनु आवश्यक छ ।
तीनै तहको सरकारबाट स्वास्थ्य सेवाको पहुँच र उपभोग वृद्धि गराउनस्वास्थ्य क्षेत्रको संस्थागत सुधार, क्षमता, सीप र परामर्शमा अभिवृद्धि गराउँदै जाने, विद्यमान स्वास्थ्य सेवा तथा कार्यक्रमको समान वितरण र उपभोगमा बढ्वा हुने खालका रणनीति तर्जुमा गर्ने। निजी, गैरसरकारी तथा सामुदायिक संघसंस्थाहरुसँग आवश्यक सहकार्य र समन्वय गर्ने, सुत्केरी अवस्थामा महिला कर्मचारीहरुका लागि रहेको बिदाको विद्यमान प्रावधानलाई परिमार्जन गरी कम्तीमा ६महिना बिदा हुने व्यवस्था सुनिश्चित गर्ने, विभिन्न माध्यमबाट सूचना प्रवाहको व्यवस्था गरी सुसूचित गराउने कार्यहरुका साथै स्तनपानको संरक्षण र सम्बर्धन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री/वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१ को प्रावधानहरुलाई कडाइका साथ उचित कार्यान्वयनमा ल्याउन जरुरी छ।
(लेखक खनाल स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य अधिकृत हुन् ।)
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ