नवलपूर । नयाँपानी भूमि अधिकार कृषक समूहले इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरेको छ ।
खाद्य पोषण सुरक्षा आयोजना, एफएओ, सिडिसिएफको सहयोगमा कृषक समूहले दुग्ध संकलन तथा प्रशोधन केन्द्रको स्थापना गरेको हो । विहीबार एक कार्यक्रमबीच इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले दुग्ध केन्द्रको उद्घाटन गरे । केन्द्रको उद्घाटन गर्दै अध्यक्ष नेपालले किसानहरूलाई प्रोत्साहनका लागि विगतमा दिँदै आइरहेको अनुदानमा शत प्रतिशत बृद्धि गरी प्रति लिटर ४ पु¥याएको बताए । उनले गाउँपालिका भित्रको कृषि विकास र आधुनिकीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको खोजी भइरहेको बताए ।
वडामा उत्पादित दूधको सदुपयोग गरी बाहिर निर्यातका लागि दुग्ध तथा प्रशोधन केन्द्रको स्थापना गरिएको नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले जानकारी दिए । सुरुमा इन्द्रावती गाउँपालिका भर उत्पादित दूधलाई पु¥याउने उद्देश्य रहेको र बिस्तारै काभ्रे काठमाडौँ ललितपुर लैजाने वातावरण सिर्जना गर्ने उनको भनाई छ ।
अहिले एक व्यक्तिले १८ लिटरसम्म दूध बेच्दै आइरहेको सो केन्द्रमा आगामी वर्षमा दैनिक ५०० लिटरसम्म दूध उत्पादन गर्ने समूहको लक्ष्य छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ