चौतारा । नेपाल लायन्स क्लबको ५२औं स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ काठमाडौं चौतारा सिटीले चौतारा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल तथा जुस वितरण गरेको छ ।
क्लबका सल्लाहकार तथा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापा, अस्पतालका चिकित्सक, क्लबका पदाधिकारी एवम् सदस्यको टोलीले बिरामीहरुलाई फलफुल तथा जुस वितरण गरेको हो । क्लबले अस्पताल प्राङ्गणमा संक्षिप्त कार्यक्रम गर्दै अस्पतालमा उपचाररत सम्पुर्ण बिरामीहरुलई सीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको थियो ।
क्लबले फजुल खर्च गरेर आफ्नो स्थापना दिवस मनाउने परिपाटीको अन्त्य गर्दै विभिन्न सामाजिक काम गरी स्थापना दिवस मनाएको क्लबका अध्यक्ष मिना थापाले बताईन् । उनले आगामी दिनहरुमा समेत यस्ता सामाजिक कार्य गर्नको लागिे क्लब सधैं प्रतिवद्ध रहेको समेत बताईन् ।
‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै पूर्व प्रधानमन्त्री स्व. मातृकाप्रसाद कोईरालाको नेतृत्वमा सन १९७१ अगस्ट ९ मा नेपालमा पहिलो पटक विराटनगरमा लायन्स क्लब अफ विराटनगरको स्थापना गरी ५२ वर्ष अगाडि नेपालमा लायन्सको सुरुवात गरेका थिए । लायन्सले नेपालमा समाजसेवाको कार्यमा अगाडि बढ्दै आइरहेको सन्दर्भमा यस विशेष अवसरलाई र दिनलाई स्मरण गर्दै लायन्स क्लबले वर्षेनी विविध सामाजिक काम गर्दै आईरहेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ