चौतारा । अव्यवस्थित पार्किङका कारण बजारमा असुरक्षा बढेको भन्दै सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ जुटेको छ ।
चौतारा बजार क्षेत्रमा वडा कार्यालयले दायाँ र बायाँ आलोपालो पार्किङको नियम लागु गरेको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा टुँडिखेलदेखि बसपार्कसम्म ३० वटा ‘नो पाकिङ स्ट्याण्ड’ राखिएको छ । जिल्लाकै मूख्य बजारमा अव्यवस्थित सावरी पार्किङका कारण अस्तव्यस्त भएको भन्दै सवारी पार्किङलाई ब्यवस्थित गर्न लागिएको वडा अध्यक्ष शिव श्रेष्ठले बताए ।
‘बजार क्षेत्रमा धेरै भीडभाड हुने स्थान, ओरालो र साँघुरो स्थानमा ‘नो पार्किङ स्ट्याण्ड’ राखेका छौं,’ श्रेष्ठले भने– ‘यसले सडक छेउमै गरिने जथाभावी पार्किङलाई रोक्ने आशा राखेका छौं ।’ वडाले सरोकारवालाहरुसँग गरेको छलफलपछि एक दिन दायाँ एक दिन बायाँ किनारामा पार्किङको ब्यवस्था सहित साँगुरो सडकमा पार्किङ नगर्न अनुरोध गरेको छ ।
वडा कार्यालयले कार्यालय र स्कुल समयमा विहान ९ बजेदेखि १० बजेसम्म यात्रुबहाक सवारी गति सिमित गरेर मात्र आगमन गर्ने, मालबाहक सवारीलाई बिहान ९ बजे अगावै, दिनको ११ बजेबाट ३ बजेसम्म र बेलुका ५ बजेपछि मात्र बजार क्षेत्रमा चलाउन दिने निर्णय यस अघि नै गरिसकेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ