साँगाचोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले घरघरमै पुगेर अपाङ्ता परिचय पत्र वितरण गरेको छ ।
नगरपालिकाको उपप्रमुख सीता थापा, वडा नं. ११ का वडाध्यक्ष रोशनराज गिरी, अपाङ्गता समन्वय समितिको पदाधिकारी, चिकित्सक र कर्मचारी सहितको टोलीले लाभग्राहीको घरघरमै पुगेर अपाङ्ता परिचय पत्र वितरण गरेको हो । उपप्रमुख थापासहितको टोलीले चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ११ को वडा कार्यालय, डुम्रे, ढाँडबारी कोल्टा र पानीचौरमा पुगेर परिचय पत्र वितरण गरेको छ ।
वडा कार्यालयसम्म आउनसक्ने लाभग्राहीलाई कार्यालयमै परिचय पत्र वितरण गरिएको थियो । कार्यालयसम्म पनि आउन नसक्ने अति अशक्त लाभग्राहीहरूको हकमा भने उपप्रमुख र वडाध्यक्ष रोशनराज गिरी चौतारा अस्पतालका डाक्टर नै लिएर घरघरमा पुगेका थिए । वितरण गरिएको परिचयपत्र मध्ये ८ वटा कार्यालयमा नै वितरण गरिएको थियो भने ३ वटा लाभग्राहीकै घरमा गएर वितरण गरिएको थियो ।
‘जस्को कोही छैन, केही छैन, उस्को राज्य छ भन्ने अनुभुति गर्न सकुन भन्ने उद्देश्यले घरघरमै गएर अपाङ्ता परिचय पत्र वितरण गरिएको हो’, उपप्रमुख सीता थापाले भनिन् । हाम्रा जनतालाई परिचयपत्र बनाउन कै लागि चौतारासम्म धाउन नपरोस् भनेर वडामा नै परिचयपत्र वितरण गराइदिन नगरपालिकालाई अनुरोध गरेको वडाध्यक्ष गिरीले बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ