घरमा सबै प्राणीहरू मस्त निन्द्रामा छन् । रातको सुनसान प्रहरमामा एउटा पनि उज्याला किरणहरू देखा परेको छैनन् । कृष्णमान वल्लो खाटमा कोल्टो फेर्द चिन्ताहरुसँग यूद्धरत छ । तर जता पट्टिको कोल्टो फेराईमा पनि उ पराजित भएको छ । अरू कसैले थाहा पाउलान भन्ने डर छ । उस्को खाटमुनि पट्टि लस्करै चारवटी छोरी सुतिरहेका छन् । अनि स्वास्नी चाही पनि ।
कृष्णमान खाटमा सुतेरै अनुमान लगाईरहेछ, अपेक्षामा पछारिएका यी प्राणहरूको जिम्मेवार मात्र म हुँ । प्रत्येक रात उस्को अनिदो बितेको हुन्छ । प्रत्येक रातका फासलाहरूले उस्को समस्याको जरो फैलाउँछ । दुईटी छोरीको विहे बाट नै ऊ हार खान पुगिसकेको थियो । यता बाँकीका चार जना दिनहुँ तरुनी हुँदै गईरहेका छोरीहरू, घरको स्थिति, गल्लीका बासनामा ओतप्रोत भएका आँखा, हात र मनहरू अनि अगाडिको सिङ्गो समाज; र यो विपन्नताको लडाई । ध्वस्त प्रायः भईरहेछ र यस रातको यो आरोह अवरोहमा यही बन्द कोठा भित्र अर्को चार आँखा र मन घायल भएको भने उस्लाई अन्दाज थिएन ।’
विवाहको पालोमा उभिएकी ‘गीता’ दिदीबहिनिमा साईली थिई । स्कूलमा आठ पास गरेर छोड्न परेको भए पनि गीता दुःखी भएकी थिईनन् । शायद अगाडि आमा–बाबले थेग्न सक्दैनन् भन्ने सोचेर होला स्वयम् उनले पढाई छाडीन । विवाह भएका दुई दिदीहरुले त मात्र पाँच पढेका थिए । खै उनीहरुले पनि वास्तबिकता बुझेर बा नबुझि पढ्न छाडेका थिए । बाँकी तीन जाना दुई, तीन र पाँचमा पढ्दै छन् । जे होस परिवार लथालिङ्ग र भताभुङ्ग छ भन्ने कुरा वाट उनी एकदमै मर्माहत छिन् ।
उनको विवाहको लागि कुरो चलेको छ । दुलाहा पक्षका मान्छे हरु पचाँस हजार नगद र अन्य दाईजो बेगर जन्ती नल्याउने घुर्की सुनाएर गएका छन । पचास हजार ।
बिवाह उ मसँग गर्छ कि पचास हजार रुपैया र दाईजो सँग, त्यस्तो माग गरेर भित्राएकी स्वास्नी, बुहारी के त्यो घरको लागि टिकाउ हुन्छे ? पचास हजार र दाईजो ले म उनीहरुको मन जितेर परिवार बसाउन सक्छु… आखिर किन किन… विवाह नगरी हुदैन स्त्री जाति भएर जन्मेपछि । यसोरी… ऊ यानि गीता, आमालाई अप्रत्यक्ष रुपमा बिवाह नगरु भन्ने पक्ष विपक्षमा निकै तर्क–वितर्क अगाडि उभ्याउछे । आमासँग ति जिज्ञासाका जवाफ भएर पनि मौन छिन । आस्वसनहरु नै छैनन् बचेका उनि सँग ्र कतिन्जेललाई आश्वसनले शान्त गराउने, जुन थमौती भरखरै भाताभूङ्ग भएर झूटमा परिवर्तन हुने वाला छ ।
कृष्णमान विहान निस्कीएर साँझ सम्म पनि फर्केको छैन । हजार जाना सँग पैशा सापटी माग्दा–माग्दा पनि ऊ आजित भैसकेको छ । विहान रिमझिममा उठेर वारी–पारी गाउँ भरी सापटी गर्न निस्कन्छ । रातमा दुई पैसा पनि हात नपारी रित्तै फर्कन्छ । त्यही चार वटा बढ्दै गईरहेका तरुण मासुम मुहार । उस्लाई लाग्छ ति दिनहुँ तरुण हुदैछन् । हिजो बेलुकी भन्दा आज बेलुकी उस्की चार छोरीहरू बिवाह योग्यताका चार अरू खुट्किला उक्लेका छन् । ऊ डराउँछ पनि ।
कतै उन्मादमा यी पाईलाहरू सिरोविन्दु बाट भास्सीने त हैनन् । एउटा भय र त्रास बाट लथपथ भएको भोक र निन्द्रा दुबै ढोकाको संघारमा आईपुगेर आत्माहत्या गर्ने गर्दछन । रात पुनः उही–उस्तै अनिदो कोल्टो फेराई पिच्छे को असफलता र पराजय । कृष्णमान क्षतविच्छत भएको छ । चार छोरीको शरीरले काचुली फेदै छ, आकृती बदल्दै छ, विकाश र बदौती छ । जिनतिन दुई गाँस निस्तो भात निलेर विस्तारमा पूर्ण निस्वास सहित पछारिन पुग्छ । हातमा तेलको कचौरी बोकेर श्रीमती भित्र पस्छे ‘क्यै जोर जाम भयो त ?’
‘खै के भयो भनू–के भएन भनु, जेठी र माईलीको पालामा लिएको ऋणको ब्याज दिन नसके र उस्तै छ…’
कृष्णमान र उस्की श्रीमती बिचको कुरोको अर्को प्रत्यक्ष्यदर्शी गीता छ । आमा भित्र पस्ने वित्तिकै वहिनीहरुलाई भान्छा उठाउन लगाएर ऊ ढोकाको चेपमा आमा भन्दा अगाडि पुगिसकेकी थिईन् ।
दिदीहरुको विवाहमा लागेको ऋणको व्याँज बाँकी छ, उनीहरुकै दुई/दुई सन्तान भईसकेका छन् । भएका आधा भन्दा धेरै खेत–बारी निख्री सक्यो । अझै पनि ऋण चुक्ता गर्नु पर्ने छ ।
त्यस रात उनी पटक्क निदाईनन् । के गरु ? उनी औडाहामा थिईन । कुनै निर्क्यौल– फैसला तय भएका थिएनन् उनको अशान्त मनमा ।
उता खाटमा कृष्णमान व्याकूलन थियो । कृष्णामानको स्वास्नीको आँखाबाट पनि निद्रा दुर थियो । चिन्ताले ग्रस्त बनाएको– त्यो परिवारको कयौं रातहरू यसोरी नै आपसमा विर्सजन भएर पनि उद्घाटित भएका छन् ।
गाउँ भरी हल्ला चल्यो ‘कृष्णमान कि विवाह हुन लागेकी छोरी नाठो टिपेर पोईल गई’ कृष्णमान त्यसदिन घरबाट बाहिर निस्केन । राति खाईपिई गरी सुतेका ६ जनाको परिवार मध्ये एउटा गीता छैन । गीता कहाँ गई, कोसँग र किन गई ? यस विषयमा उस्ले धेरै लख काट्यो, यौवनको चापले वहकिएकी त्यो हुतिहारा भन्ने अन्तीम निष्कर्ष निकाल्यो । कृष्णमानकी स्वास्नी यो कुरा पटक्कै मान्ने पक्षमा थिईनन् । गीताले नाठो टिपेर हिँड्नु त पर अन्यत्र अन्त गई भन्ने कुरा पनि मानेन । त्यस दिन तीनै बहिनी स्कूल गएनन् । साँझ काईलीले अंग्रेजी कितावमा एउटा पत्र फेला पारी–गीताको पत्र ।
लेखिएको थियो–
माता/पिता,
क्षमा चहान्छु, मेरो कारण यति खेर हजुरहरु धेरै भन्दा धेरै दुःखी र अपमानित हुनुहोला । मेरो घरको परिवार प्रति वाहीरी वालाहरु खुच्याङ्को बुर्कुसी मार्दै होलान् । हाम्रा खिसी गर्नेहरु मनमनै मुस्कुराउँदै होलान, आमा आँसु झार्दै हुनुहोला, तर विन्ती मेरो लागि एक बुँदको पनि आवश्यकता छैन । म कुनै नाठो टिपेर वा नाठोको खोजमा घर बाट निस्केकी हैन । नाठो पुरुष भन्ने सजिव सँग मलाई बेहद घृणा र गुनासो छ । दाईजोको रुपमा स्वास्नी भित्राएर परिवार संरचना गर्ने लाछी पुरुष बेगर म अधुरो भएर पनि हुन्न । के नारी कागजका फूल मात्र हुन ? केबल सजावटको संरचनाका लागि म कागजको फूल बनेर दाईजोको सुगन्ध सुवा– कहिले सम्म पोखौँली ? एउटा फूल त निश्चीत समय पछि कुहिएर दुर्गन्ध फैलाउन थाल्छ भने म यानी हामी त कागज को फूल । दाईजोको सुगन्ध छर्केर मलाई मालीको हातमा संरक्षण प्राप्त गर्ने रहर छैन । धेरै प्रकारका सुवा रोज्ने मालीको के भरोसा ? के विस्वास ? म यो अवैध परम्परा वहिस्कार गर्न गईरहेछु ।
अन्त्यमा मेरो कारणले यस घर र परिवारलाई पर्न गएको दुःख र अफसोच प्रति गहिरो क्षमा चाहान्छु । मलाई लाग्छ मैले गरेको निणयले समाजको कुनै पनि मर्यादा भङ्ग हुने छैन । । ज्यदै अन्त्यमा मलाई ब्यर्थ नखोज्नु होला ।
अभागी छोरी
काईलीले पत्र पढेर सकेकी मात्र थिई । वाहिर हो–हल्ला भयो । धेरैले कृष्णमान लाई बोलाए ।
बाहिर गाउँलेहरुको जमात थियो, र जमातको बीचमा एउटी कागज को फूल सुगन्ध विहीन भाएर अब सधैको लागि आफालिएको थियो । त्यो दृष्य देखेर वरपरका फूलहरूले अपशोचका आँसु बगाएर शोक मनाउदै, ओइलारहेथ्यो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ