चौतारा । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई प्रभावकारी बनाउन सिन्धुपाल्चोक जिल्लामा कार्तिक १८ गतेबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
मतदाता शिक्षा कार्यक्रम जिल्ला समितिको सोमबार बसेको बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाभरी मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाउने निर्णय गरेको हो । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार कार्यक्रम कार्तिक १८ गतेबाट कार्तिक १ गतेसम्म जिल्लाका १ सय ३ वटै वडामा सन्चालन हुने छ । मतदाता शिक्षा प्रदान गर्न सो सम्बन्धी तालिम प्राप्त स्थानीय महिला स्वयंसेविकालाई परिचालन गरिने छ ।
मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि खटाइएका स्वयंसेविकाले उदेश्य अनुरुप कार्य गरे कि गरेनन् भनेर स्थानीय तहमा तोकिएको अनुगमन अधिकृतले नियमित अनुगमन गर्ने पनि अधिकारी रिजालले जानकारी दिए ।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउनका लागि स्थानीय तह, सरकारी कार्यालय, सञ्चारकर्मी, गैरसरकारी संस्था, नागरिक समाजसँग पनि समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ