तातोपानी । उत्तरी नाका तातोपानीबाट आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि ४५ हजार मत पेटिका भित्रिएको छ ।
आउने निर्वाचनको लागि आवश्यक पर्ने मत पेटिका निर्वाचन आयोगले टेन्डर मार्फत खरिदका लागी आह्वान गरेको थियोे । निर्वाचन आयोगले ५५ हजार थान मतपेटिका खरिदको लागि बोलपत्र आह्वान गरेपछि मुन्डक इन्टर नेसनल कम्पनीले मतपेटीका ल्याउने जिम्मा पाएको थियो । अहिले तातोपानी भन्सार कार्यालयबाट ढुवानी सिल्क ग्रुपले गरिरको छ ।
‘हामीले अहिलेसम्म ४५ हजार मतपेटिका निर्वाचन आयोगमा पुर्याइसकेका छौं,’ सिल्क ग्रुपका प्रतिनिधि उमेश श्रेष्ठले भने- ‘चीनबाट नेपाल भित्रने बितिक्कै छिटो भन्दा छिटो भन्सार गरेर निर्वाचन आयोगम पुर्याउने काम गरिरहेको छौं ।’ उनले विहीबारसम्म ५५ हजार मतपत्र नै ढुवानी गरि सक्ने उनले जानकारी थिए ।
‘५५ हजार मतपेटीका मध्ये ४५ हजार मतपेटीका निर्वाचन आयोग पुगिसकेको छ,’ तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदय बिष्टले भने- ‘१० हजार मतपेटीका पनि भन्सारमा आईसकेको छ । यो पनि ढुवानीको तयारी भईरहेको छ ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ