सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने
चौतारा । सिन्धुपाल्चोक ५६ प्रतिशतभन्दा बढी मत खसेको छ । आइतवार भएको प्रतिनिधि तथा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत जिल्लाभर ५६ दशमलव २१ प्रतिशत मत खसेको अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।
२ लाख ६० हजार २ सय ७३ मतदाता रहेकोमा १ लाख ४६ हजार ३ सय ४ मत खसेको प्ररम्भीक अनुमान रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास रिजालले बताए
२ लाख ६० हजार २ सय ७३ मतदाता रहेकोमा १ लाख ४६ हजार ३ सय ४ मत खसेको प्ररम्भीक अनुमान रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास रिजालले बताए । उनका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा ६९ हजार ५ सय ८८ अर्थात ५३.२८ प्रतिशत, प्रदेश सभा १(१) मा ३३ हजार ८ सय ७१ अर्थात ५०.७३ प्रतिशत, प्रदेश सभा १(२) मा ३५ हजार ७ सय १७ अर्थात ५५.८४ प्रतिशत, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा ७६ हजार ७ सय १६ अर्थात ५९.२२ प्रतिशत, प्रदेश सभा २(१) मा ३७ हजार ६ सय ३७ अर्थात ५९.७६ प्रतिशत र प्रदेश सभा २(२) मा ३९ हजार ७९ अर्थात ५८.६८ प्रतिशत प्रारम्भिक खसेको मत हो ।
सबै ठाउँको मतपेटिका संकलन भएपछि सोमबार सर्वदलीय बैठक बसेर तत्कालै निर्णय गरी मतगणना सुरु गर्ने तयारी रहेको छ । ‘टाढा–टाढाबाट मतपेटिका ल्याउनुपर्ने हुन्छ । अहिले मतपेटिका सङ्कलन भइरहेको छ’ उनले भने । मतगणना स्थलमा घेराबार गरिनुका साथै सीसीटीभी क्यामेरासमेत जडान गरिएकाले जिल्लामा सुरक्षितरूपमा मतगणना हुने उनको भनाई छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ