अचेल मलाई मेरो विगतले रूवाउदैन
वस ! मनलाई छाडेर सन्तुष्ट हुन्छ
यो कसैसँग दुष्ट,
कसैसँग रुष्ट,
तब हुन्छ
जब झुटै–झुटमा मनमगज मष्त हुन्छ
न रहन्छ तुच्छ,
न हुन्छ दुरूष्त,
आफैलाई छाडि न कतै कुद्छ ।
जति छिटो बुझ्छ,
त्यो मनै हुन्छ
मनलाई बस ! म नै हुन न दिए हुन्छ
सारा व्यवधान यसले नै पार्छ
ढिला बुझिन्छ,
आरामसाथ पुजिन्छ,
बाहिर त हो–हल्लै बढी,
शान्ति अनि सन्तोष त
अन्तरआत्माबाटै गुन्जिन्छ ।
ढिला धेरै हुन्छ तर,
धेरै ढिला कहिल्यै हुदैन
समयकाल त शारीरिक हुन्छ
सारा खेल त मनस कै हुन्छ
हुन्छ या हुदैन यी त फेरि,
समयकै कालखण्डमा भर पर्छ ।
कतै टार्ने
कतै बार्ने
जताततै बाड्दै हिड्ने
उहीँ सामाजिक आडम्बर हुन्छ ।
धेरै खै किन ! लेखु र
शरीर त कि भस्म हुन्छ
कतै माटोले पुर्छ
उहिँ शरीर
तमाम कालखण्डपछि जुर्छ ।
तर आत्मा उहीँ आडम्बरको लागि कुर्छ !
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ