श्यामलाल माझी लगायत माझी परिवार सुनकोसी नजिक बस्दथे । दिनहुँ माछा मार्थे । परिवार खुशीको साथ पालेका थिए । खानलाई पुगेकै थियो । सबै माझी परिवार सन्तुष्ट थिए । जे मिल्छ बाँडचुँड गरेर खान्थे ।
एक दिन वर्षा मासमा खोला बाढी आयो । उनले जाल फ्याँके । जाल ढुंगाको कापमा अड्कियो । उनलाई ठूलो माछा परेको भ्रम भयो । उनले छोरालाई अह्राए, ‘बाबू, आज ठूलो माछा पर्यो । आमालाई गाउँले सँग झगडा गरेर आउनु रे भन्देउ । यो माछा हामीले मात्र खानु पर्छ ।’
छोरोको खवर पाएपछि श्यामलालको श्रीमतीले त्यस्तै गरिन् । कपडा उल्टो लगाइन् । बोल्दा उल्टो बोल्न थालिन् । गाउँलेसँग झगडा सुरु भयो । समाचार गाउँ पालिका पुग्यो । गाउँ पालिकाले उनलाई त्यहीँ राखेर केर्न थाल्यो । उता ठूलो माछा खान खोजेको श्यामलाललाई बाढीले बगायो ।
मझिनीलाई गाउँ पालिका अध्यक्षले भने, ‘राजनीति पार्टीका टाउके झैँ नगरेको भए हुने । ठूलो माछाको लोभमा आफ्नो अस्तित्व शून्य । उता परिवारका सदस्य झगडामा विवादित ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ