काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)ले पूर्वसभामुख अग्रिप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने तयारी गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकमा अग्नि सापकोटा पनि सहभागी थिए । नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यसअघि सभामुख रहेका कारण उनी पार्टीको जिम्मेवारीबाट अलग थिए । सापकोटालाई उपाध्यक्ष बनाउने प्रस्ताव आजको स्थायी कमिटी बैठकमा लगेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरापछिको मर्यादाक्रममा राख्ने तयारी गरिएको छ ।
त्यसैगरी सापकोटालाई माओवादी प्रवक्ता बनाउने गरी तयारी रहेको माओवादीका एक नेताले जानकारी दिए । उपाध्यक्ष महराले प्रवक्ताको जिम्मेवारी लिइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सापकोटालाई उपाध्यक्ष बनाएर प्रवक्ता बनाउँदा मिडियासँगको सम्बन्ध पनि थप मजबुत हुने बताइएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ