मेलम्ची । सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजू र पत्रकार कमला पाख्रिनलाई हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीको ४९औँ वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी ५ हजार १ सय रुपैयाँ रहेको संस्थाका अध्यक्ष सुदर्शन पाण्डेले जनाकारी दिए । पुरस्कृत अग्रज पत्रकार एवम् गोरखापत्र संस्थानका पूर्व बोर्ड सदस्य कसजू हाल भिजन सिन्धु प्रा.लि.बाट प्रकाशित सर्वपक्ष दैनिक, जुगलखबर डटकम र दुःखी प्रकाशनबाट प्रकाशित सिन्धु सन्देश साप्ताहिक प्रकाशन गर्दै आइरहेका छन् ।
पाख्रिन कान्तिपुर टेलिभिजनमा जिल्ला सम्वाददाताको रुपमा कार्यरत छिन् । दुबैजनालाई मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, पूर्व एआइजी गंगा पाण्डे लगायतले पुरस्कार प्रदान गरे ।
त्यस्तै कार्यक्रमकै बीच हुत्तराज अर्धचन्द्र जनहितकारी संस्थाले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत ८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
कक्षा ११ मा अध्ययनरत सरस्वती दनुवार, कक्षा ११ मा अध्ययनरत मनिषा मिजार र कक्षा १२ मा अध्ययनरत विशाल तामाङलाई ६ हजार ५ रुपैंयाको छात्रवृत्ति प्रदान गरिएको हो । ३ हजार ६ सय रुपैंया राशीको महालक्ष्मी युक्तकुमारी स्मृति छात्रवृत्तिबाट कक्षा १२ मा अध्ययनरत जुनुमाया तामाङलाई र सोहि राशीको योगराज स्मृति छात्रवृत्ति कक्षा ११ मा अध्ययनरत निराजन परियार र बाबुकाजी तामाङलाई प्रदान गरिएको अध्यक्ष सुदर्शन पाण्डेले जनाकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ