चौतारा । उम्मेदवारी मनोनयनकै दिन सिन्धुपाल्चोकका ५ क्याम्पसहरूमा निर्विरोध स्ववियु पदाधिकारीहरू निर्वाचित भएका छन् ।
जिल्लाका प्रमुख क्याम्पस चौतारा बहुमुखी क्याम्पस, ककलिङ क्याम्पस, सुनकोशी बहुमुखी क्याम्पस, ठोकर्पा सामुदायिक क्याम्पस र सिन्धु भ्याली क्याम्पसमा सर्वसम्मत रूपमा स्ववियु पदाधिकारी निर्वाचित भएका हुन् ।
चौतारा बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका अमृत श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । अनेरास्ववियु, नेविसंघ र समाजवादी विद्यार्थी संगठनले अन्य पदहरू लिएर सर्वसम्मत रूपमा स्ववियु निर्वाचित भएको क्याम्पसले जानकारी दिएको छ । ककलिङ क्याम्पस ठुलोपाखरमा अखिल क्रान्तिकारीका लक्ष्मण घिसीङ सभापतिमा निर्वाचित भएका छन् ।
त्यस्तै सुनकोशी बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुकी हिरा थामी सभापतिमा निर्वाचित भएकी छन् । सो क्याम्पसमा अखिल, क्रान्तिकारी र नेविसंघले अन्य पदहरू लिएका छन् । ठोकर्पा सामुदायिक क्याम्पसमा नेविसंघ की सरस्वती जिसी सभापतिमा निर्वाचित भएकी छन् । त्यस्तै सिन्धु भ्याली क्याम्पस भोटेचौरमा नेविसघका सुरज चौलागाईं सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
अरनिको कलेज बाह्रविसे, जुगल बहुमुखी क्याम्पस, इन्द्र्रावती भ्याली क्याम्पस, जलविरे भ्याली र पाँचपोखरी क्याम्पसमा भने निर्वाचन हुने छ । अन्य केही क्याम्पसहरूमा समेत सर्वसम्मत रूपमा स्ववियु निर्वाचित गर्नका लागि विद्यार्थी संगठनहरुबीच पहल भइरहेको विद्यार्थी नेताहरुले बताएका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ