चौतारा । सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय गरे अनुसार जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरिएको हो । प्रकाशित सूचिमा सिन्धुपाल्चोकका १ सय ८५ सहिदको नाम समावेश गरिएको छ ।
सचिव विनोद प्रकाश सिंहले जारी गरेको सूचीमा भनिएको छ– ‘नेपालको राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने देहायका व्यक्तिहरुलाई सम्मानस्वरुप नेपाल सरकारले देहायका मितिमा शहिद घोषणा गर्ने निर्णय गरेकोले नेपाल सरकारको मिति २०७९/११/१५ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।
हेर्नुस् सिन्धुका सहिदको सूचिः
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ