चौतारा । सिन्धुपाल्चोकको चौतारा–नवलपुर–मेलम्ची सडकखण्ड अन्तर्गत (चौतारा–पिपलडाँडा–झ्याँडी खोला) खण्ड कालोपत्रे हुने भएको छ ।
सो सडकमार्ग कालोपत्रे गर्न बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत रहेको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोकले बुधबार बोलपत्र आह्वान गरेको गरेको छ । चौतारा पिपलडाँडा हुँदै झ्याँडी खोलासम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न ४२ करोडको लागतमा बोलपत्र आह्वान गरिएको हाे ।
भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल मन्त्री भएलगत्तै सो सडकमार्ग कालोपत्रे गर्न चासो देखाएका थिए । यो सँगै भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत जिल्लामा दर्जन बढी नयाँ योजनाको कार्य अघि बढेको मन्त्री दुलालको सचिवालयले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ