काठमाण्डौ । कलेजो रोगका बिरामी बलेफी गाउँपालिका– ८ निबासी एवम् फूटबल खेलाडी राम अधिकारीलाई उपचारको लागि नगद सहयोग गरिएको छ ।
नेकपा माओवादी केन्द्र सिन्धु–काठमाडौं सम्पर्क समन्वय समिति क्षेत्र नं. १ ले संकलन गरेको ५० हजार २ सय ५० रुपैंया बिरामीको परिवारलाई हस्तान्तरण गरिएको समन्वय समतिका इञ्चार्ज सुबास लामाले बताए ।
संकलित रकम प्रतिनिधि सभा सदस्य माधव सापकोटाले हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै सापकोटाले बिरामीको कलेजो प्रत्यारोपणको लागि थप सहयोग र सम्मन्वय गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ