चौतारा । ‘समुदायमा क्याम्पस’ भन्ने नाराका साथ सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसले समुदायमा सचेचेतना फैलाउन सुरु गरेको छ ।
क्याम्पसले चौतारा साँगाचोकगढी नगरपालिका– १३ मा लैङ्गिक हिंसा र शोषण बिरुद्ध जनचेतना एवम् सशक्तिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष रामप्रसाद गौतमले ग्रामीण क्षेत्रका महिलाहरुलाई लैङ्गिक हिंसा र शोषणका विषयमा जानकारी गराएर जनचेतना जगाउने कार्यमा क्याम्पसले उदाहरणीय काम गरेको बताए । सशक्तिकरणको अभियानमा एउटा शैक्षिक संस्थाले महत्वपूर्ण भूकिमा निर्वाह गर्न सक्ने भन्दै क्याम्पसले लिएको उद्देश्य स्वागतयोग्य भएको बताए ।
सेतिदेवी माध्यमिक विद्यालयको सभाकक्षमा भएको कार्यक्रममा अधिवक्ता एवम् महिला अधिकारकर्मी लक्ष्मीनानी थापाले सहभागि महिलाहरुलाई छलफल मार्फत लैङ्गिक हिंसा र शोषणको बारेमा जानकारी दिएकी थिईन् ।
क्याम्पसले यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि गरिने बताउँदै क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षलाई आभार व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश गौतम, शिक्षकहरु, क्याम्पसका उपप्राध्यापकहरु, स्थानीय महिलाको उल्लेख्य सहभागिता रहेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ