काठमाण्डौ । पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक भएको छ ।
शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ कक्षमा इन्डिगो इन्कद्वारा आयोजित कार्यक्रममा पत्रकार नेपालको नयाँ उपन्यास ‘पीपला’ सार्वजनिक भएको हो । इन्डिगो इन्कले प्रकाशन गरेको उपन्यासलाई साहित्यकार नयनराज पाण्डे, राजकुमार बानियाँ, ज्ञानु अधिकारी र लेखककी आमाले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
लेखकले उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटेका छन् । साथै, उपन्यासमार्फत लेखकले जनयुद्ध के का लागि भन्ने प्रश्न समेत गरेका छन् । कार्यक्रममा बोल्दै लेखक पाण्डेले नेपालको उपन्यास युद्ध साहित्यको एक महत्वपूर्ण ग्रन्थ हुनसक्ने बताए ।
इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको छ । लेखक नेपालले आफ्नो पुस्तक धेरै राम्रो नभए अनि झुर भने नभएको भन्दै सबैलाई पढेर प्रतिक्रिया दिन आग्रह गरे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ