मेलम्ची । संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन सिन्धुपाल्चोकले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘सिन्धु प्याब्सन मेधावी विद्या पदक’ यस बर्ष छात्र तथा छात्रा दुवै तर्फ प्रगति अंग्रेजी माद्यमिक विद्यालय मेलम्चीका विद्यार्थीहरुले प्राप्त गरेका छन् ।
एसईई २०७९ मा सहभागी भई प्रगतिका खुशी श्रेष्ठ र सजना बस्नेतले समान ३.९० जिपिए ल्याउँदै छात्रा तर्फ जिल्ला प्रथम र प्रशान्त दुलालले ३.८५ जिपिए ल्याँउदै प्याब्सन विद्यालय अन्तर्गत छात्र तर्फ जिल्ला प्रथम हुन सफल भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले गत मेलम्चीमा सम्मान कार्यक्रम आयोजना गरि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद तथा पदक प्रदान गरेको हो ।
कार्यक्रममा ३.२० भन्दा माथी जिपिए ल्याउने ७८ जना विद्यार्थीहरु सम्मानित भएका थिए । प्याब्सनले उत्कृष्ट नतिजा ल्याउने तीनै जना छात्रछात्राहरुलाई बिधागतरुपमा ११ हजार १ सय ११ रुपैंया नगदसहित पदक र प्रमाणपत्र प्रदान गरेको थियो । त्यसैगरि न्यू प्रगति पुस्तक भण्डार बनेपाको तर्फबाट प्रोपाइटर सुबिन मानन्धर र टाइम्स पब्लिकेशनका तर्फबाट प्रतिनिधि पुरुषोत्तम आचार्यले समेत जनहि पाँच हजारका दरले नगद पुरस्कार प्रदान गरेका थिए ।
प्याब्सन वागमती प्रदेशका अध्यक्ष केशबलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सबै विद्यार्थीको सरदर नतिजा उत्कृष्ट निकाल्न सफल सदाबहार एकेडेमी खाडीचौर र उत्कृष्ट नतिजा ल्याउने सबै बिषयका शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ