चौतारा । भदौ १ गतेदेखि वाग्मती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ ।
मूख्यमन्त्री शालिकराम जम्कटेलको निर्देशनमा प्रदेशको स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै निःशुल्क रूपमा बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको हो । निःशुल्क स्वास्थ्य सेवा दिने ध्येयका साथ प्रदेश सरकार लागेको हो । जनताले सर्वसुलभ ढंगबाट छिटो भन्दा छिटो स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाईएको छ ।
ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अरू सबै शैया निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८ सय ११ शैया निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ