बन्देउ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ९ घुमाउने डाँडामा शनिबार दिउँसो दुर्घटना हुँदा दुई विद्यार्थी नेताको निधन भएको छ ।
दुर्घटनामा नेकपा (एमाले) निकट अनेरास्ववियु जिल्ला सह–संयोजक नवीन पाण्डे र सचिवालय सदस्य समिर तामाङको निधन भएको हो । अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ तर्फ जाँदै गरेको ना८ख ३७६ नं.को पेट्रोल बोक्ने ट्याङकरले बिपरित दिशाबाट आउँदै गरेको बाप्र०२–०३१ प ५९७६ नं.को मोटरसाईकललाई ठक्कर दिएको थियो । ‘पाँचपोखरी थाङ्पाल गाउँपालिका– १ बासखर्कका २७ वर्षिय समिर तामाङ र मोटरसाईकल पछाडी सवार मेलम्ची नगरपालिका– ११ का २७ वर्षिय नबिन पाण्डेको दुर्घटनामा निधन भएको छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव कुमार यादवले भने ।
दुर्घटनामा गम्भीर घाईते भएका दुबैजनालाई प्रहरीले उद्दार गरी उपचारको लागि धुलिखेल अस्पतालमा पठाएको थियो । उपचारको क्रममा दुबैजनाको मृत्यु भएको हो । ठक्कर दिने ट्याङकर र मकवानपुर थाहा नगरपालिका– १२ का चालक भिमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ