चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिमको बुधबारबाट सुरु भएको छ ।
४८ घण्टा सञ्चालन हुने तालिमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाले मेलमिलाप कार्य मार्फत समृद्धि हासिल गर्न सहज हुने बुझाई रहेको र समाजमा हुने आपसी कलह, झगडा र मनमुटाबले समाधानको खोजी गर्न मेलमिलापकर्ताको भुमिका रहने बताए । तालिम सकिएपछि न्यायिक कार्य सम्पादन कार्यमा सघाउ पुग्ने उनले विश्वास लिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मेलमिलाप परिषद्को सदस्य चुपबहादुर थापाले मेलमिलापको माध्यमबाट फाटेका मनहरुलाई सिलाएर मनको घाउ निको बनाउने डाक्टर बन्ने जिम्मेवारी लिन सहभागीलाई अनुरोध गरे । नगरपालिकाले समावेशी सहभागितालाई समेत ध्यान दिएर यो मेलमिलाप कर्ता तालिम सन्चालन गरेर अदालतको कार्य सम्पादनलाई समेत सघाउ पुर्याउन मद्दत गरेको भन्दै उनले धन्यवाद दिए ।
नगरको १४ वडा बाट २८ जना सहभागिता रहने सो तालिमको उद्घाटन सत्रमा जिल्ला न्यायाधीश बिदुर कोइराला, निमित्त प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, डिएसपी निरन्जन खनाल, वडा नं. ७ का अध्यक्ष डम्बर तामाङ, जिल्ला बार अध्यक्ष भुपेन्द्र थिङ, कार्यपालिका सदस्यलगाएतको उपस्थित रहेको थियो ।
नगर उपप्रमुख एवम् न्यायिक समितिको उपप्रमुख सीता थापाको अध्यक्षता भएको कार्यक्रमको सहजिकरण प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले गर्ने छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ