चौतारा । बागमती प्रदेश युवा परिषद् हेटौंडाले ३ सय ९० घन्टा सीपमूलक तालिम र १ सय ६० घण्टा छोटो अवधिको तालिम सञ्चालनक लागि जिल्लामा आवश्यक तालिमको विषय माग गरेको छ ।
परिषद्ले युवाहरुको मागमा आधारित भै कुन कुन बिषयको तालिम सञ्चालन गर्न आवश्यक छ सो को जानकारी र तालिम विषयको क्रमसहित माग पठाउनहुन अनुरोध गरेको हो । सोही अनुरुप जिल्ला युवा समिति सिन्धुपाल्चोकमा अहिलेसम्म आत्मरक्षा, कम्प्युटर, ड्राईभिङ, इलेक्टेसियन, सिलाईकटाई तालिमको माग आएको प्रदेश युवा स्वयम्सेवक रुपक दुलालले बताए ।
उनले इच्छुक व्यक्तिले आफू र आफ्नो टोल समुदायमा आवश्यक तालिमको विषय जिल्ला युवा समितिलाई टिपाउनु हुन समेत अनुरोध गरे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ