चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ५ मा रहेको जुगल बोर्डिङ हाईस्कुलले प्री प्राईमरीका विद्यार्थीहरुलाई दिक्षित गरेको छ ।
कक्षा युकेजीबाट कक्षा एकमा प्रवेश गर्ने ४२ जना विद्यार्थीहरुलाई बुधबार गाउन र दिक्षित गरेको हो । दिक्षान्त टोपी र गाउनमा सजिएका उनीहरुलाई फोटोसहितको मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिएको थियो । त्यस्तै कक्षा नर्सरीबाट एलकजीमा ३६ जना र एलकेजीबाट युकेजीमा ५१ जना विद्यार्थीको कक्षाबृद्धि समेत गरिएको छ ।
समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापा, वडा नम्बर ५ का वडाध्यक्ष शिव श्रेष्ठ, नगर कार्यपालिका सदस्य सानुमाया गुरुङ, वडा नम्बर ५ का वडा सदस्य रामबहादुर घले, कोमलबहादुर श्रेष्ठ, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिका सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीष र सञ्चारकर्मी विजय नेपाल लगायतले दिक्षित हुने र कक्षाबृद्धि भएका विद्यार्थीहरुलाई विद्यालयले उपलब्ध गराएको मायाको चिनो समेत वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले जुगल बोर्डिङले पछिल्लो समयमा सिकाई उपलब्धीको संगै भौतिक, शैक्षिक व्यवस्थापन सन्तोषजनक अवस्था रहेको बताईन् । उनले आसपासका सामुदायिक विद्यालयले पनि यस विद्यालयबाट सिक्नुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष शिव श्रेष्ठ, वडा सदस्य रामबहादुर घले, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिका सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीष र सञ्चारकर्मी विजय नेपाल लगायतले विद्यालयको शैक्षिक क्रियाकलापको चर्चा गर्दै दिक्षान्त समारोहको शुभकामना दिएका थिए ।
कार्यक्रमका स्कूलका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले सिकाई निरन्तर र नियमित चलिरहने प्रकृया भएकोले चौतारामा आफूले झण्डै ११÷१२ बर्षसम्म धेरै सिकाई र अनुभव हासिल गरेको बताए । विद्यालयले शैक्षिक गुणस्तर कायम गर्नुमा विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाको योगदान महत्वपूर्ण रहेको बताए ।
स्कूलका शिक्षक दीपक उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुको विभिन्न नृत्य प्रदर्शन गरेका थिए । विद्यालयले विहीबार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको मूख्य आथित्यतामा ३४औँ बार्षिकोत्सव मनाउने जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ