चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ७, याङ्लाकोटका निर्वाचित वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।
नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित तामाङ बैंकिङ कसुर मुद्दामा आईतबार पक्राउ परेका हुन् । वडाध्यक्ष हुँदा पनि प्रहरीको हातमा नपरेका उनलाई प्रहरीले नक्कली सेवाग्राहीको भेषमा गई पक्राउ गरेको हो । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव यादवको नेतृत्वमा खटिएको टोलीले वडाबाटै पक्राउ गरेको हो ।
पक्राउ पछि तामाङलाई जिल्ला अदालत पेश गरिएको प्रहरी निरीक्षक यादवले बताए । जिल्ला अदालत सिन्धुपाल्चोकले कारागार चलान गर्ने तयारी गरिरहेको अदालतको तहसिलदार कल्पना अर्यालले बताइन् । जरिवाना तिरेको खण्डमा ३ दिन भित्र रिहाइ हुने र जरिवाना नतिरेमा दैनिक ३ सय रुपैंयाको दरले कट्टी हुने गरी जेल नै बस्नुपर्ने अर्यालले जानकारी दिईन् ।
प्रहरीले बहालवाला जनप्रतिनिधिलाई नै पक्राउ गरेको सिन्धुपाल्चोकको पहिलो घटना भएको जनाउँदै जिल्ला प्रहरी कार्यालयले ठूलो प्रयास पछि वडा अध्यक्ष तामाङलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ