चौतारा । नेपाल तेक्वान्दो संघद्वारा जेष्ठ ३ देखि ५ गतेसम्म आयोजित दोस्रो राष्ट्रिय पुम्से तेक्वान्दो निर्णायक पुनर्ताजगी कोर्समा सिन्धुपाल्चोकबाट हिराहरि तेक्वान्दो डोजाङ प्रमुख रमेश गुरुङसहित ४ जनाले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
गुरुङसहित रिफ्रेसर कोर्स भोटेकोशी गाउँपालिकाका खेलकुद प्रशिक्षक तथा तातोपानी तेक्वान्दो डोजाङ्गका प्रमुख अजय गुरुङ, लिसंखुपाखर गाउँपालिकाका प्रशिक्षक तथा लिसंखुपाखर तेक्वान्दो डोजाङ्गका प्रमुख इश्वर भण्डारी र हिराहरि तेक्वान्दो डोजाङ्गका तेस्रो डान कालोपाटी सुदिप तामाङले सेमिनार सफलतापूर्वक सम्पन्न गरेको छन् । सेमिनारमा उतत्र्तीर्ण भएसंगै उनीहरु राष्ट्रिय पुम्से निर्णायक हुनेछन् ।
नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यलय सातदोबाटो, ललितपुरको आफ्नै हलमा सम्पन्न भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले १ सय ६ जना सहभागीहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ