चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खु, नुनडाँडाका स्थानीयलाई लप्सी क्याडी बनाउने तालिमसहित अवश्यक सामग्री प्रदान गरिएको छ ।
नुनडाँडा लप्सी क्याडी उपभोक्ता समितिले आयोजना गरेको ३ दिने तालिमको समापन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले स–साना तालिमहरुले पनि स्थानीयहरुलाई स्वाभलम्वी बनाउन सक्ने बताईन् । उनले सीकेको सीपलाई उद्यमसँग जोडेर अर्थोपार्जन गर्न समेत आग्रह गरिन् ।
१६ जना सहभागी तालिम चौतारा बहुमुखी क्याम्पसका स्ववियु सभापति अमृत श्रेष्ठको समन्वयमा भएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको सहगोतमा गरिएको तालिमको समापन समारोहमा वडा नं. ८ का अध्यक्ष अमृत दंगाल, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै इर्खुको पोखरेमा सञ्चालन भईरहेको ४५ दिने गलैंचा बुनाई तालिमको अनुगमन समेत गरिएको छ । नगरपालिकाको सहयोगमा सञ्चालन भईरहेको तालिमको उपप्रमुख सीता थापासहितको टोलीले अनुगन गरेको हो । तालिममा १७ जना सहभागी छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ