बाह्रविसे । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले १ वर्षमा २ करोड २२ लाख २६ हजार १ सय ३८ रुपैंया अनियमितता गरेको खुलेको छ ।
आर्थिक वर्ष २०७९/८० भित्रको १ वर्षको अबधिमा नगरपालिकाले सो रकम अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको कार्यालय अनुसार नगरपालिकाले बागमती प्रदेशको स्थानीय सेवा ऐन २०७९ को दफा १६ विपरित ४७ जना करार कर्मचारी भर्ति गरी १ करोड ३४ लाख ४२ हजार ९ सय २९ रुपैंया अनियमितता गरेको हो । त्यस्तै नगरप्रमुखको प्रमुख सल्लाहकार नियुक्त गरी ४ लाख २९ हजार ७ सय ५० अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ ।
बागमती प्रदेशको भ्रमण खर्च नियमावली विपरित शिक्षा अधिकृत कल्पना घिमिरेले आफ्नो भ्रमण आफैंले स्वीकृत गरी १३ हजार ५ सय अनियमितता गरेकी छिन् । त्यस्तै कार्यपालिका सभावाट स्वीकृत शीर्षक भन्दा बाहिर खर्च गरि नगरले १ लाख ५९ हजार ९ सय ५ रुपैंया अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । पुस्तक विमोचनमा १ लाख ३ हजार ३ सय ९५, प्रतिष्पर्धा नगरी सोझै खरिदबाट ८० लाख, ७६ हजार ६ सय ४९ रुपैंया अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार बाह्रबिसे नगरपालिकाको बेरुजु ३ करोड ११ लाख ५३ हजार ८ सय ८८ रुपैंया ८५ पैशा रहेको देखिन्छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ