बलेफी । बलेफी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सीप मुलक तालिम अन्तरगत साबुन बनाउने तालिम सुरुवात गरेको छ ।
समुदायमा आधारित पुनःस्थापन कार्यक्रम अन्तरगत बागमती प्रदेशबाट स्थानीय सरकारलाई आएको ३ लाख बजेटबाट सीपमुलक तालिम गरेको उपाध्यक्ष सरु लामाले बताईन् । ‘अपाङ्गता भएका व्यक्तिहरुलाई कस्तो खाले सीप दिँदा उपलब्धिमुलक हुन्छ भनेंर छलफल पश्चात् साबुन बनाउने तालिम गर्दा उपयुक्त हुने देखिएकोले यो निर्णय गरेको हो’, उनले भनिन् । लामाले सहभागीहरुलाई आफ्नो समयलाई भरपुर प्रयोग गरेर सीप सिकेमा आर्थिक रुपमा मात्र नभै व्यक्तित्व समेत विकास हुने भएकोले सफलतापूर्वक सीप सिक्न अनुरोध गरिन् ।
५ दिन सञ्चालन हुने तालिका प्रशिक्षक भक्त नेपालीले ‘हातमा पुस्तक, मनमा दशथोक’ बोकेर कहिल्यै अघि नबढ्ने भएकोले मन लगाएर तालिम सिक्नुपर्ने बताए । त्यस्तै अपांगता संगठन नेपालको केन्द्रिय अध्यक्ष टिकाराम पराजुलीले समाजमा, परिवारमा अपाङ्गता भएकोहरुलाई स्थापित गराउने मुख्य उद्देश्य यो तालिमको रहेको जनाए । उनले १९६० तिर शारीरिक रुपमा कमजोर हुनेहरुलाई केन्द्रमा राख्ने, उनिहरुलाई सामाजिक, आर्थिक हिसाबले स्थापित गराउन विश्व बैंकको सहयोगमा यो कार्यक्रमको सुरुवात भएको बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ