भोटेकोशी । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा २ जना मजदूर पुरिएका छन् भने १० घाईतेको उद्दार गरिएको छ ।
शुक्रबार दिउँसो २ बजे हाइड्रो पावरको ड्यामसाईडमा रहेको सुरुङ ढलान गर्ने क्रममा ढलान भासिएपछि घटना भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जनाए । सो घटनामा २ जाना पुरिएको र १० जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । ठाकुरबावा नगरपालिका– ३ का ३० वर्षको रामदिन थारु र सोही नगरपालिका ५ का ३० वर्षको सुमन थारु ढलानले पुरिएर बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै नाम थर नखुलेको २ जना पुरुषहरु ढलानमा च्यापिएको हुँदा उद्दार कार्य भईरहेको प्रहरीको भनाई छ । उद्दार गरिएका १० जनालाई भने उपचारको लागि अस्पताल लगिएको छ । उद्दार गरिएकाहरु मध्ये सामान्य घाईतेलाई बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्र र गम्भीर घाईतेलाई धुलिखेल अस्पताल लगिएको छ ।
घाईते हुनेहरुमा बर्दिया जिल्ला बाराबर्दिया नगरपालिकाका ४० वर्षिय लहानु थारु, सोही नगरपालिका– ५ का ४५ वर्षिय दुर्गा चौधरी, दोलखाको कालिञ्चोक गाउँपालिका– ९ बस्ने ४१ वर्षिय आईतबहादुर थामी, सोही ठाउँका ३१ वर्षिय बिजय थामी ५६ वर्षिय गोपाल थामी, ३० वर्षिय दिपक थामी, ४० वर्षिय आईतमान थामी, ४५ वर्षिय पदमबहादुर थामी, बैतेश्वर गाउँपालिका– ८ का ५८ वर्षिय रामचन्द्र रिमाल र रोल्पाको लिबाङ नगरपालिका– २ का २३ वर्षिय सासन रोकामगर रहेको प्रहरीको भनाई छ ।
घाईतेहरुको उद्दारका लागि ईलाका प्रहरी कार्यालय कोदारी र बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा २० जना, ससस्त्र प्रहरीबाट १५ जना र नेपाल आर्मीको १५ जना खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हाईड्रो पावरको ड्यामसाईडमा रहेको सुरुङ मजदुरहरुले ढलान गर्दागर्दै भत्किएको हो । ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना गत साउनदेखि निर्माण निर्माण भईरहेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ