बलेफी । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ चिलाउनेस्थित ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु गरिएको छ।
बलेफी गाउँपालिकाले साहसिक खेल अन्तर्गत पर्ने क्यानोनिङ र रक क्लाइम्बिङका लागि पहिलो चरणमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। बलेफी गाउँपालिकाले साहसिक खेल अन्र्तगत पर्ने क्यानोनिङ र रक क्लाइमिङको सुरुवाति चरणको लागि ३ लाख ५० हजार रुपैंया विनियोजन गरेको थियो । झरनामा आधारभूत पूर्वाधार तयार गर्न सो बजेटबाट काम थालिएको वडा नं. ३ का वडाअध्यक्ष रितेश तामाङले बताए । पर्यटकीय स्थलको रुपमा सो क्षेत्रलाई विकास गर्ने उद्देश्यले क्यानोनिङ र रक क्लाइमिङमा लगानी गरेको गाउँपालिकाले जनाएको छ ।
ठूलो छाँगामा क्यानोनिङका लागि तीन स्तरको झरना रहेको स्थानीय युवा एवम् अभियान्ता प्रितम गोले तामाङले बताए । तामाङका अनुसार माथिल्लो झरना करिब ९ मिटरकोमा आधारभूत अर्थात सिकारुलाई सिक्न, बीचको करिब १२ मिटरको झरनामा सिकेर केही जन्नेलाई र तल्लो अर्थात १७ मिटरको तेस्रो झरनामा ‘एडभान्स’का लागि उपयुक्त रहेको छ । सो क्षेत्रलाई साहसिक पर्यटनको क्षेत्रको रुपमा विकास गर्न १० युवाहरुलाई क्यानोनिङ र रक क्लाइमिङ सम्बन्धी दुई दिने आधारभूत तालिमसमेत दिईएको छ । तीन जना प्रशिक्षकहरु पेम्बा तामाङ, फुरादिकी शेर्पा र सुजल गुरुङले ठूलो छाँगामै पुगेर क्यानोनिङ र रक क्लाइमिङ गर्दा अपनाउनु पर्ने सुरक्षा नियमहरु, डोरी लगाउने तरिकादेखि झरनामा झर्ने र चड्ने उपयुक्त तरिकाहरु सिकाएका छन् ।
गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले बलेफी भित्र यस्तै थुप्रै पर्यटकीय सम्भावनाहरु भएको स्थानहरु रहेकोले ती स्थानहरुलाई प्रवद्र्धन गर्न लागि परेको बताए । उनले बलेफीमा सहासिक खेल र्याफ्टिङसँगै क्यानोनिङ र रक क्लाइमिङ पनि थपिएकोमा खुशी व्यक्त गरे । अब यी खेलहरुसँगै सेल्ताप मन्दिर हुँदै ॐ पार्क जोड्ने पर्यटकीय मार्गका लागि पूर्वाधार निर्माणमा स्थानीय सरकार निरन्तर लाग्ने उनको भनाई छ । त्यस्तै पालिका उपाध्यक्ष सरु लामा तामाङले सधैं भूत लाग्छ, सातो जान्छ भनेर बेवास्ता गरेर राखेको ठूलो छाँगालाई साहसिक खेलको केन्द्र बनाउन आपूm निर्वाचित भएपछि निरन्तर प्रयत्न गरिरहेको बताईन् ।
‘पालिका भित्र रहेको यस्तै स्थानहरुमा पूर्वाधार निर्माण गर्न सके काठमाडौंबाट ८५ किलोमिटर मात्र रहेको यो स्थानको साहसिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने र स्थानीयहरुका लागि आर्थिक उपार्जन र रोजगारीको केन्द्र बन्न सक्छ’, उनले भनिन् । साहसिक खेल अन्र्तगत पर्ने क्यानोनिङ चट्टानको पहारामा डोरीको सहायताले ‘वेट सुट’ लगाएर पानीको छहरा छाँगाबाट चिप्लिँदै, हाम फाल्दै झर्ने एक प्रकारको खेल हो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप थालिएको यी खेलले पर्यटन क्षेत्रमा थप सघाउ पु¥याउने पालिकाको विश्वास छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ