चौतारा । सामाजिक कार्य गर्दै आएको हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाले दुईजना सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्ने भएको छ ।
लामो समयदेखि पत्रकारिता गर्दै आएका रामकृष्ण थापा र सुन्दर शिरीषलाई यो वर्षको हुतराज–अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिए । थापा नयाँ पत्रिकामा कार्यरत छन् भने शिरीष अन्नपूर्ण पोष्ट दैनिक, ग्लोबलपाटी डटकम र सर्वपक्ष दैनिकमा कार्यरत छन् । ५ हजार एक सय रुपैयाँ राशीको सो पुरस्कार संस्थाले प्रत्येक वर्ष क्रियाशील सञ्चारकर्मीहरुलाई दिँदै आएको छ । आगामी फागुन १ गते मेलम्चीस्थित इन्द्रेश्वरी माविको ५१औं वार्षिकोत्सव अवसरमा उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यस अघि संस्थाले ऋषिराम पौडेल, सुदर्शन सिग्देल, ध्रुव दंगाल, दुर्गा आचार्य, दिनेश थापा, अनिष तिवारी, दिपिन ढुङ्गाना, देवराज सुवेदी, सुरेश कसजू, कमला पाख्रिन, सागर खड्का र चित्र मिजारलाई पुरस्कार प्रदान गरिसकेको छ । त्यस्तै लामो समयदेखि साहित्यविधामा कलम चलाउँदै आएका साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई पनि सम्मान गर्ने संस्थाले जनाएको छ । सोही अवसरमा संस्थाले ९ जना जेहेन्दार, विपन्न, दलित विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्ने जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ