चौतारा । सिन्धुपाल्चोकको सबैभन्दा पुरानो विद्यालय श्रीकृष्ण रत्नगंगा माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थीत प्यानलले नै जीतेको छ ।
शनिबार भएको निर्वाचनमा माओवादी र समाजवादीको समर्थन प्राप्त प्यानलबाट माओवादीका राजन बुढाथोकीले ३ सय ९६ मत प्राप्त गरी सबै भन्दाबढी मत त्याए । त्यस्तै सोही प्यानलबाट निर्मला श्रेष्ठले ३ सय ८२ मत, लक्ष्मी श्रेष्ठले ३ सय ८२ मत र इश्वरीप्रसाद श्रेष्ठले ३ सय ५८ मत ल्याए । राती ११ः१० मा अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्यानलनै विजेता बनेको माओवादी समर्थित मतदाताहरुले बाजागाजासहित विजय¥याली निकालेका थिए । उनीहरुले यो जीत कस्को– माओवादीको भन्दै नारासमेत लगाएका थिए ।
१ हजार ३ सय ८९ अभिभावकहरुले मतदाता रहेको निर्वाचनमा ८ सय ६४ मत खतेको थियो । निर्वाचनमा ४ सदस्यको लागि १० जनाको प्रतिष्पर्धा भएको थियो । निर्वाचनमा सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका लजिता श्रेष्ठले ३ सय ३९ मत ल्याएकी थिईन भने सोही प्यानलबाट बिन्दा पुरीले ३ सय २४ मत ल्याईन् । त्यस्तै निमेश श्रेष्ठले ३ सय २२ मत ल्याउँदा निमा लामाले २ सय ७७ मात्रै मत ल्याए । त्यस्तै स्वतन्त्र उम्मेदवार संसार श्रेष्ठले ६० मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेद्वार रविन श्रेष्ठले ५४ मत ल्याए ।
विव्यस छनोटमा पार्टी निकटका उम्मेदवारलाई जिताउनका लागि प्रमुख राजनीतिक दलहरुले विज्ञप्ति निकालेर सबै मतदाताहरुलाई अनुरोध समेत गरेका थिए । जिल्लाका पुरानो र सबैभन्दा बढी अभिभावकहरु भएको विद्यालयको नेतृत्व आफूहरुको पक्षमा पार्नका लागि प्रमुख राजनीतिक दलका नेताहरु नै मैदानमा उत्रिएका थिए । दुबै पक्षले आफूहरुको प्यानलले जित्ने दाबी गर्दै आएका थिए । केन्द्रीय सत्तामा एमाले र कांग्रेसबीच गठबन्धन भएपछि सिन्धुपाल्चोकमामा पनि सबै क्षेत्रमा कांग्रेस र एमालेबीच सहकार्य हुँदै आएको थियो ।
विव्यस छनोटमा अभिभावकहरुबीच छलफल हुँदा ५० बढीले अध्यक्षमा आकांक्षा राखेपछि निर्वाचन मार्फत विव्यस छनोट गरिएको विद्यालयका प्रधानध्यापक डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । चार जना सदस्य निर्वाचनबाट छनोट भएपछि नगरपालिकाबाट मनोनीत हुने, विद्यालयका प्रधानध्यापक लगायत सदस्यहरुबाट अध्यक्ष छनौट हुने छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ