नेपालमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को इतिहास लामो र संघर्षपूर्ण छ । वि.स.२००७ सालको प्रजातान्त्रिक आन्दोलनसँगै स्ववियु आन्दोलन जोडिएको पाइन्छ । विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूमध्ये स्ववियु सबैभन्दा प्रभावशाली संस्था हो । स्ववियु प्रत्येक क्याम्पसमा रहेका विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने साझा निकाय हो । जसले उनीहरूको हकहित र अधिकारका लागि संघर्ष गर्दछ । स्ववियु विद्यार्थीहरूको शैक्षिक, सामाजिक र राजनीतिक हकहितका लागि संघर्ष गर्ने एक प्रमुख संस्था हो ।
विद्यार्थीहरूलाई संगठित रूपमा प्रतिनिधित्व गर्ने उद्देश्यले स्ववियु को औपचारिक रूपमा सुरुवात भयो ।
वि.सं. २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनापछी विद्यार्थीहरूलाई संगठित रूपमा प्रतिनिधित्व गर्ने उद्देश्यले स्ववियु को औपचारिक रूपमा सुरुवात भयो । यसअघि विभिन्न कलेज र विद्यालयमा छुट्टाछुट्टै विद्यार्थी सङ्गठनहरू थिए, तर संस्थागत रूपमा स्वतन्त्र विद्यार्थी युनियनको अभ्यास हुन सकेको थिएन ।
२०१७ सालमा राजा महेन्द्रले “कु” गरी राजनितीक दलहरुलाई प्रतिबन्ध लगाउदैं पञ्चायती शासन लागू गरेपछी नेपालमा लोकतान्त्रिक प्रक्रिया र राजनैतिक दलहरुलाई दबाउन कडा कदम चालियो । त्यस समयमा स्ववियु र अन्य विद्यार्थी संगठनहरूलाई पनि पञ्चायती शासनले नियन्त्रण गर्ने धरपकट गर्ने जस्ता प्रयासहरु भयो । पञ्चायतको सख्त निशेधको नीतिका कारण स्ववियुलाई लोकतान्त्रिक अभ्यास र शैक्षिक हकहितका लागि खुला रूपमा संघर्ष गर्न कठिन बनायो । यस समयमा स्ववियुले पञ्चायती शासनको विरोध गर्दै लोकतन्त्र र विद्यार्थी अधिकारका लागि आवाज उठाउने कार्यमा सघर्ष गर्यो ।
पञ्चायतले विद्यार्थीहरूको स्वतत्र संगठन र गतिविधिहरूमा कडाईको साथ हस्तक्षेप गर्यो । जसले गर्दा स्ववियुले आफ्ना गतिविधिहरु गर्न नपाउने अवस्थामा पुग्यो । त्यस ताका प्रमुख विद्यार्थी संगठनहरू राजनीतिक दलहरूसँग मिलेर पञ्चायती शासनको विरोधमा गोप्य रूपमा संघर्ष गरेका थिए । तर निरंकुश पञ्चायत कालको समयमा स्ववियु राजनीतिक संघर्षको महत्त्वपूर्ण हिस्सा बनेको थियो । यसले विद्यार्थी वर्गको जागरण र आन्दोलनमा थप प्रेरणा दियो र एक प्रकारले २०४६ को जनआन्दोलन को लागि आधार समेत तयार गर्यो । समग्रमा पञ्चायत कालमा स्ववियुको भूमिका राजनीतिक मुद्दा आन्दोलन र संघर्ष को समय बन्यो यसले पार्टीगत प्रभाव र राजनीतिक दबाबका बाबजुद विद्यार्थी सँगको एकता र लोकतान्त्रिक सिद्धान्तलाई शिरोपर गरि आफ्ना गतिविधि कायम राख्ने काम भयो । यसरी स्ववियुको इतिहासलाई फर्केर हेर्दा गौरवपूर्ण रहेको छ ।
स्ववियु विद्यार्थीको आवाज र नेतृत्व:
स्ववियु विद्यार्थीहरूको एक साझा संगठन हो । यो संस्थाले विद्यार्थीहरूको आवाज र नेतृत्वको रूपमा काम गर्दछ । स्ववियु विद्यार्थीहरूको एकता, समन्वय भविष्यको नेतृत्व र क्षमता विकासको श्रृंखला हो । विद्यार्थीहरूको हितको रक्षा गर्दै विद्यार्थीहरूको समस्याहरूलाई सुनवाईमा ल्याउने, उनीहरूको शैक्षिक र सामाजिक अवस्थालाई सुधार गर्ने र अधिकारको रक्षा गर्ने प्रक्रियामा सक्रिय सहभागी हुने पाउने प्रकृया हो । विद्यार्थीहरूको समस्या भावना विचारलाई ध्यान पुर्याइ कलेज प्रशासनसँग समन्वय गर्न र समाधानको लागि पहल गर्ने महत्त्वपूर्ण भूमिका हुन्छ ।
विद्यार्थीहरूको नेतृत्व र क्षमता समेत स्ववियु मार्फत विकास हुन्छ । यसले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व, संगठनात्मक क्षमता र नेतृत्वको गुण सिकाउँछ । स्ववियुका सदस्यहरूले मात्र नभई अन्य विद्यार्थीहरूलाई पनि सक्रिय रूपमा भाग लिन प्रेरित गर्दछ । यसबाट विद्यार्थीहरूको सामाजिक र राजनीतिक चेतनाको थप विकास हुनेछ र उनीहरू भविष्यमा समाजका प्रभावशाली नेता बन्ने आधारहरु विकास हुदै जानेछ ।
स्ववियुको कार्यभार:
विश्वविद्यालय वा कलेज प्रशासनसँग समन्वय गरी समस्या समाधान गर्नु तथा विद्यार्थीहरूको सृजनात्मक, नेतृत्वदायी क्षमताको विकास गर्नु स्ववियुको मुख्य दायित्वहरू हुन् ।
स्ववियुको प्रमुख कार्यभार विद्यार्थीहरूको हकहितलाई केन्द्रमा राखेर शैक्षिक नीतिहरूको, भौतिक तथा शैक्षिक पूर्वाधार सुधारको लागि पहल गर्ने कार्यहरू हो । विद्यार्थीहरूको हकहितका मुद्दामा आवाज उठाउने, शैक्षिक सुधारका लागि प्रशासनसँग समन्वय गर्ने, अन्य अतिरिक्त कार्यक्रमहरु तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्ने कार्यसमेत हो ।
आपत्कालीन परिस्थितिमा विद्यार्थीहरूलाई आवश्यक सहयोग प्रदान गर्नु, विश्वविद्यालय वा कलेज प्रशासनसँग समन्वय गरी समस्या समाधान गर्नु तथा विद्यार्थीहरूको सृजनात्मक, नेतृत्वदायी क्षमताको विकास गर्नु स्ववियुको मुख्य दायित्वहरू हुन् । यद्यपि स्ववियु राजनीतिक दलहरुको प्रभावबाट मुक्त रहन नसक्दा कतिपय अवस्थामा विद्यार्थी आन्दोलनहरू गैर राजनीतिक र सामाजिक बन्ने गरेका छन् । यस्ता समस्याहरू समाधान गर्दै स्ववियुलाई सशक्त र प्रभावकारी बनाउनु आजको आवश्यकता हो। नयाँ राचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै अगाडि बढेमा स्ववियुले विद्यार्थीहरूको सर्वाङ्गीण विकात गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
क्याम्पसमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पहल गर्ने, कुनै पनि प्रकारको अन्याय वा शैक्षिक असमानता विरुद्ध आवाज उठाउँने विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने । रक्तदान, सरसफाइ तथा अन्य सामाजिक कार्यहरूमा संञ्चालन गर्ने । शैक्षिक गुणस्तर सुधारका लागि पुस्तकालय, प्रयोगशाला, र अन्य भौतिक संरचनाहरूको सुधारका लागि पहल गर्ने । विद्यार्थी कल्याण कार्यक्रम सूचारु गरि आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा, तथा अन्य कल्याणकारी कार्यहरूमा सञ्चालन गर्नु स्ववियुका कार्यभारहरु हो ।
स्ववियुका वर्तमान चुनौतीहरू:
वर्तमान समयमा नेपालमा स्ववियु विद्यार्थी अधिकारको संरक्षण गर्ने प्रमुख संस्था भए पनि यसले विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ । पछिल्लो समय विद्यार्थी मुद्धमा भन्दा राजनीतिक दलहरूको पिछलग्गु भएको गम्भीर आरोप स्ववियुलाई लाग्दै आएको छ । यो संस्था विद्यार्थीहरूको हकहित र शैक्षिक सुधारका लागि गठन गरिएको भए पनि व्यावहारिक रूपमा विभिन्न दलहरूको छायाँ संगठनको रूपमा कार्य गरिरहेको देखिन्छ । जस्ले स्ववियुको गरिमा माथि प्रश्न चिह्न उठाएको छ । राजनैतिक दलको गतिविधिवाट टाढ रहन स्ववियुलाई चुनौति हुदैं आएको छ । राजनीतिक दलहरुको स्वार्थमा रुमलिनु र दलले स्ववियु गठन प्रकृया देखी सञ्चालन सम्म हस्तक्षेप गर्नु हो एक चुनौतीकी रुपमा देखिएको छ ।
आम समाजमा स्ववियुलाई फेरि पनि विद्यार्थीहरूको वास्तविक आवाज प्रतिनिधित्व गर्ने निकायका रूपमा देख्न चाहान्छन ।
विद्यार्थीहरू आफ्ना वास्तविक समस्याहरू समाधान गर्नभन्दा दलहरूको एजेन्डा प्रति साथ समर्थन गर्ने प्रवृत्ति गहिरिँदै गएको छ । यसका कारण राजनितक दलहरुको छाँया संगठनको रुपमा विवादित बन्दै गएको छ । स्ववियु नेतृत्वले शैक्षिक सुधार, शुल्क नियमन, छात्रवृत्ति व्यवस्थापन, र पूर्वाधार सुधारजस्ता विषयमा पर्याप्त ध्यान दिन नसक्दा विद्यार्थीहरूमा स्ववियुको लोकप्रियता कम हुदै गएको छ । स्ववियुको नाममा बन्द हडताल तालाबन्दी र जस्ता गतिविधिले स्ववियुको गरिमालाई धुमिल बनाउदै लगेको छ ।
नेपालमा आम नागरिकहरूको स्ववियु प्रति नकारात्मक धारणा बढ्नुको प्रमुख कारण यसको अत्याधिक राजनीतिकरण, अराजक गतिविधि र विद्यार्थी हितभन्दा अन्य राजनैतिक दलहरुको कार्यक्रममा संलग्नता धेरै हुनु । स्ववियु मूल रूपमा विद्यार्थीहरूको हकहित संरक्षण गर्ने संस्था भएता पनि हाल यसलाई राजनीतिक दलहरूको कुनै संगठनकै रूपमा हेर्ने प्रवृत्ति विकसित भइरहेको छ यो बुझाईलाई चिर्नु आजको स्ववियुलाई चुनौती बन्दै गएको छ ।
आम समाजमा स्ववियुलाई फेरि पनि विद्यार्थीहरूको वास्तविक आवाज प्रतिनिधित्व गर्ने निकायका रूपमा देख्न चाहान्छन । यसका लागि स्ववियुले राजनीतिक प्रभावलाई कम गर्दै शैक्षिक विकास पारदर्शिता र विद्यार्थीहरूको सिर्जनात्मक तथा सीप विकासमा केन्द्रित हुन आवश्यक छ । अन्यथा, आम नागरिकहरूको नकारात्मक दृष्टिकोण अझ बलियो हुँदै जानेछ, जसले स्ववियुको औचित्य माथि नै प्रश्न उठ्न सक्छ ।
स्ववियुले आफ्नै पहिचान जोगाइ राख्न र विद्यार्थी हकहितलाई केन्द्रमा राखेर विभिन्न दलको छायाँ संगठनको रुपमा काम नगरी स्ववियुमा भएको विभिन्न दलहरुको राजनीतिक हस्तक्षेप हटाउदैं । विद्यार्थीहरुको लागि सामाजिक राजनीतिक रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरु गर्दै शैक्षिक विकासलाई प्राथमिकतामा राखेर स्ववियुको गतिविधि गरेमा गुम्दै गएको विश्वास लाई फर्काउन सकिन्छ ।
[email protected]
(लेखक लामा चौतारा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति एवम् विद्यार्थी नेता हुन् ।)
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ