चौतारा । चौतारा अस्पतालको आयोजनामा साँगाचोकस्थित छिमी टाशि छिलिङ गुम्बाको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा ६ सय भन्दा बढि स्थानीयहरुले सेवा लिएका छन् ।
इयोहो काभ्रे तामाङ गुठी, चौतारा साँगाचोक गढी नगरपालिका– ११ ले शिविरको ब्यवस्थापन गरेका हुन् । प्रादेशिक अस्पताल चौतारा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारीका अनुसार शिविरमा बाल रोग सम्बन्धि सेवा, प्रजनन् तथा स्त्री रोग सम्बन्धी सेवा, हाड जोर्नी तथा नशा रोग सम्बन्धि सेवा, आँखा परीक्षण, दन्त परीक्षण र सामान्य चिकित्सक सम्बन्धी सेवा प्रदान गरिएको थियो ।
नागरिकलाई घरदैलोमा सेवा पुर्याउने तथा स्क्रिनिङको रुपमा स्थानीय गुठीको सहकार्यमा शिविर गरिएको डा. भण्डारीले बताए । चौतारा अस्पतालका चिकित्सकहरुले सेवा प्रदान गरेका हुन् । शिविरमा जेष्ठ नागरिक, बालबालिका, महिला तथा पुरुषको उल्लेख्य सहभागिता थियो । गाउँमा नै स्वास्थ्य सेवा पाएकोमा स्थानीयलाई सहज भएको गुम्बाका अध्यक्ष दिनेश लामाले बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ