सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकामा तीन दिने निशुल्क स्वास्थ्य शिविर सुरू भएकाे छ । ईन्द्रावती गाउँपालिले विकासका लागि एकता नाम संस्थाकाे सँगको संयुक्त आयाेजनामा उक्त शिविर सञ्चालन गरेको हाे ।
शिविर सञ्चालनका लागि जर्मन नेपाल सहयाेग संघ, रेटिना सपाेर्ट नेपाल र ॐ चावहिल डेण्टल प्रालिकाे सहयाेग रहेकाे र तीन दिनसम्म चल्ने शिविरकाे मंगलबार इन्द्रवती- १ सिम्पालकाभ्रेबाट सुरूवात गरिएकाे ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार उक्त शिविर बुधबार इन्द्रवती- ४ नवलपुरमा र बिहिबार इन्द्रवती- ८ ज्यामिरेमानेमा सञ्चालन हुने छ । शिविरमा दाँत सम्बन्धि राेग, स्त्री राेग, आँखा जाँच, सुगर, प्रेसरलगायत स्वास्थ्य शिक्षा तथा परामर्शसमेत दिईने अध्यक्ष तामाङले बताए । शिविरमा स्वास्थ्य जाँचपछि बिरामीलाई आवश्यक औषधिसमेत नि:शुल्क बिरतण गरिनेछ ।
उपचारका लागि शिविरमा तिलगंगा आँखा अस्पतालबाट डा. एली प्रधानसहित चार जना, ॐ डेण्टल अस्पतालबाट डा. कृतिका देव, सुदिप अधिकारीसहित ६ जना, पराेपकार प्रसुती गृहबाट डा. निलम शाहसहित २ जना र वीर अस्पतालबाट एकराज सापकाेटासहित ४ जना फार्मेसिस्ट छन् । शिविर प्रत्येकदिन बिहान १० बजेबाट बेलुकी ४ बजेसम्म सञ्चालन गरिने आयाेजक ईन्द्रावती गाउँपालिकाले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ