काठमाडौँ । तरकारी वाली विकास केन्द्रले लहरे तरकारी बालीको बेर्ना वितरण सुरु गरेको छ । नियमित कार्यक्रम अन्तर्गत काँक्रा, फर्सी, लौका, घिरौँला, करेलाको बिउ उत्पादन गरी सहुलियत रूपमा बेर्ना वितरण सुरु गरिएको वाली विकास केन्द्रका प्रमुख तथा वरिष्ठ बागवानी विकास अधिकृत दिनेश प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार ४० हजार लहरे तरकारी बालीको बेर्ना वितरण गर्ने लक्ष्य रहेको छ । आज मात्र १५ हजार बेर्ना वितरण गरिएको छ । केन्द्रले सूचना जारी गरेसँगै किसानहरूले बेर्ना लिन आउने र उनीहरूको आवश्यकता अनुसार बेर्ना लिने गरेका छन् । व्यावसायिक किसानहरूले आफै बेर्ना उत्पादन गर्ने गरेका कारण उनीहरू नआउने र बढी मात्रामा कौँसी खेती गर्ने किसानहरूले लाने गरेका छन् ।
बिरुवाको मूल्य फरक फरक रहेकोले एउटा बिरुवाको १५ रुपैयाँसम्म पर्ने गरेको छ । तरकारी खेतीको प्रवर्द्धन गर्नका लागि बीउ उत्पादन गरी बिक्री गरेको उनले बताए । प्रमुख सापकोटाले जग्गा कम भएका कारण सोचे जति बिरुवा उत्पादन गर्न नसकिएको बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ